सविना कार्की
काेरिया- ०२६/०३/१५ – राप्ती समाज दक्षिण काेरियाले २ कराेड १० लाख ६७ हजार ३३३ वोन सहितकाे कुल आम्दानी भएको आयव्यय विवरण सार्वजनिक गरेकाे छ।
समाजले ८१ लाख ५१ हजार ३३३ वोन नाफा रहेकाे आयव्यय विवरण यसै हप्ता सार्वजनिक गरेकाे हाे।
समाजले कोरियन नयाँ वर्ष काे अवसर पारी गत फेब्रुअरी १५ तारिखमा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ सम्पन्न गरेको थियोे ।
उक्त कार्यक्रमकाे आयव्यय विवरण सार्वजनिक गरिएको बारे मिडियालाई जानकारी भने मार्च १४ तारिख शनिबारका दिन मात्रै दिइएको थियोे । समाजले आफ्नो आधिकारिक सञ्जालमा भने अपलाेड गरेकाे पाइएन ।
राप्ती समाजका एक प्रतिनिधिले हाम्रोकान्तिपुर लाई दिइएको आयव्यय विवरण तल हेर्नुहाेस ।

विवरण अनुसार कार्यक्रमबाट कुल २ करोड १० लाख ६७ हजार ३३३ वोन आम्दानी भएको देखिइएकाे छ।
त्यसैगरी आम्दानी तर्भ भने संस्थागत सहयोगबाट २० लाख २६ हजार वोन देखाइएको छ।
उपस्थितिहरुबाट १ करोड ४१ लाख ६० हजार वोन र कार्यक्रम लक्षित सहयोगबाट ४१ लाख २० हजार ३३३ वोन देखिएको छ भने प्रायोजनबाट ७ लाख ६१ हजार वोन संकलन भएको देखाइएको छ।
समाजले कार्यक्रम सञ्चालनका लागि १ करोड २९ लाख १६ हजार वोन खर्च भएको देखाएको छ। जसमा प्रचार–प्रसार व्यानर तथा टिकट व्यवस्थापन लगायतका खर्च विवरणमा १ करोड २३ लाख ७० हजार वोन खर्च भएको देखाइएको छ।
कार्यक्रम बाट ८१ लाख ५१ हजार ३३३ वोन राप्ती समाजलाई नाफा भएको आयव्यय विवरणमा उल्लेख छ । सलनाल अवसरमा कयौं नेपाली संघसंस्थाहरुले आयमुलक कार्यक्रमकाे आयाेजना गरेपनि हालसम्म सिमित आयाेजकहरुले मात्रै आयव्ययकाे विवरण सार्वजनिक गरेकाेले अन्य संघसंस्थाहरुले कहिले विवरण सार्वजनिक गर्छ भन्ने आम नागरिकको चासाेकाे विषय बनेकाे छ।







