सविना कार्की
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद भरत प्रसाद पराजुली र सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद युवराज दुलाल लाई सिन्धुपाल्चोक समाज दक्षिण काेरियाले मार्च १४ तारिख शनिबार शुभकामना व्यक्त गरेकाे छ ।
संस्थाले दिएको शुभकामना सन्देश तल उल्लेख गरिएको छ।
सिन्धुपाल्चोकको दुईवटै क्षेत्रबाट निर्वाचित हुनुहुने प्रतिनिधिसभा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। सत्तापक्ष या प्रतिपक्ष दुवै बेन्चबाट सिन्धुपाल्चोक र सिन्धुपाल्चोक बासीहरूको हकहितको बारेमा यहाँहरूले आवाज उठाउनु नै हुनेछ भन्ने आशा र विश्वास लिएका छौं।
—–सिन्धुपाल्चोक समाज दक्षिण कोरिया —-







