नेपाली सम्पर्क समिति (NCC) द. काेरियाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा प्रविण गिरिले उम्मेदवारी दिनुहुने भएको छ। उक्त जानकारी बिहिवार गण्डकी प्रदेशको महासचिव पुष्प भण्डारीले हाम्रो कान्तिपुर लाई बताउनु भएको हाे।
NCC दक्षिण काेरियाकाे अधिवेशन यहि आइतबार मार्च १५ तारिखका दिन हुनेछ ।
अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि विभिन्न व्यक्तित्वहरू आकांक्षी देखिएकाे छन्।
अध्यक्ष पदका उम्मेदवार गिरी ईपीएस (EPS) मार्फत दक्षिण कोरिया प्रवेश गरी यहाँका विभिन्न सामाजिक संघ- संस्थामा सक्रिय रहँदै आउनु भएको छ।
लामो समयदेखि कोरियामा रहेका नेपाली समुदायबीच सक्रिय रहँदै आउनुभएका प्रविण गिरी यसअघि कास्की परिवार दक्षिण काेरियाकाे अध्यक्ष हुनुहुन्थ्यो भने गण्डकी प्रदेशको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो ।
हाल भने प्रविण गिरि आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे वर्तमान सल्लाहकार हुनुहुुन्छ । तर गिरि आफैले भने NCC काेरियाकाे अध्यक्ष पदका लागि उम्मेदवारी सम्बन्धमा कुनै सुचना र एजेन्डाहरु सार्वजनिक गर्नु भएको पाइएको छैन।







