बिस्वकर्मा समाज दक्षिण कोरियाका अध्यक्ष जिबन साशंकरले कोरियामा रहेका बिस्वकर्मा समुदायको तथ्यांक मार्च २१ सम्ममा संकलन गर्ने बताउनुभएको छ। अध्यक्ष जिबन साशंकरका अनुसार उक्त निर्णय मार्च ७ मा बसेको बैठकबाट तय भएको हो।

यस्तो छ विश्वकर्मा समाजद.काेरियाकाे निर्णयहरु
२०२६ मार्च ७ मा बिस्वकर्मा समाज दक्षिण कोरियाको नव निर्बाचित कार्यसमितिले पहिलो भर्चुअल बैठक सम्पन्न गरेको छ। विधानको ब्यबस्था बमोजिम तेश्रो अधिवेशन सम्पन्न गरि बैधानिक ढंगले नयाँ कार्यसमिति चयन गरेकोमा संस्थाका निबर्तमान अध्यक्ष सहित कार्यसमितिका सदस्य, साधारण सदस्य , सल्लाहकार, अग्रज तथा विभिन्न संघसस्थाका प्रतिनिधिलाई धन्यवाद व्यक्त गरेको छ।
बैठकले कार्यसमिति पदाधिकारीहरुको नेतृत्वमा कोरियामा रहेका बिस्वकर्मा समुदायको तथ्यांक मार्च २१ सम्ममा संकलन गर्ने निर्णय गरेको छ।
बिधानमा भएको ब्यबस्था बमोजिम संस्थाको साधारण सदस्यका लागि २ मान वन (अवधि २ बर्ष ) र आजिवन सदस्यका लागि १ लाख वन शुल्क तोकेको छ।
सम्पूर्ण कार्यसमिति सदस्यहरुले आजिवन सदस्य लिने र कोरियामा रहेका बिस्वकर्मा दाजुभाइ दिदीबहिनीहरुलाई आजिवन सदस्यता लिनका लागि पहल गर्ने निर्णय गरेको
छ ।
बैठकले संस्थापक , निबर्तमान अध्यक्ष लगायत संस्थालाई महत्त्वपूर्ण सहयोग पुर्याउने बिस्वकर्मा समुदायबाट ८ सदस्यीय सल्लाहकार परिषद गठन गरेको छ। सल्लाहकार परिषदमा मिन बिक ,सन्तोष कास्यप विक, भीम बराईली मुकेश सेन्चुरी , वीरेन्द्र सुनार,प्रकाश विके , गोविन्द विसि , सन्तोष बराइलीलाई मनोनयन गरेको छ।
साथै खेलकुद बिभाग संयोजकमा अर्जुन बिस्वकर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ। त्यसैगरी बैठकले २०२६ मे २३/२४ मा विश्वकर्मा समाजको आयोजनामा पिकनिक कार्यक्रम गर्ने निर्णय गरेको छ। पिकनिक कार्यक्रमको बिस्तृत योजना तयार गरि आगामी बैठकमा पेश गर्न महासचिव सज्जन कुमार सिंह लाई जिम्मेवारी दिने निर्णय गरेको छ। सल्लाहकार परिषद सहित आगामी बैठक २९ मार्च २०२६ मा सुवन सभाहलमा बस्ने निर्णय गरेको छ।
धन्यवाद !!






