नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन आज सम्पन्न भएकोमा अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो ।
अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।आज सम्पन्न निर्वाचन ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । अहिले मतपेटिका गणनास्थलमा सार्ने काम भइरहेको छ । केही स्थानमा आजै रातिबाट गणना गर्ने तयारी रहेको छ ।







