वन्जु मुन्माक मैत्री समाज दक्षिण काेरियाकाे भेटघाट तथा छलफल कार्यक्रम मार्च १ तारिख आइतबारका दिन भव्य रुपमा भएको हाे। कार्यक्रम जननी रेष्टुरेन्टको सभाहल वन्जुमा भएको हाे।
समाजका अध्यक्ष बोम्जन गुरुङको अध्यक्षतामा बसेको उक्त कार्यक्रममा वन्जु नोदोम्बु (노동부) Job Center मा कार्यरत मिना नेपाल (김 민지) को प्रमुख आतिथ्यता र विशेष अतिथिहरुमा समाजका सल्लाहकार कुश राईज्यू, राजेश सुवेदी साथै इलामेली समाज दक्षिण कोरियाको उपाध्यक्ष गणेश योञ्जन तामाङ रहनुभएको थियो ।

वन्जु नोदोम्बु (노동부) Job Center बाट विशेष गरेर काम छोडेर बसेका नेपालीहरुलाई राम्रो सेवा र परामर्श दिनुभएको बताउदै अध्यक्ष बोम्जन गुरुङले खुसी समेत व्यक्त गर्नुभएको थियोे । प्रमुख अतिथि मिना नेपाल लाई समाजले सम्मान गरिएको छथियो ।
समाजको सल्लाहकार चयनलाई पूर्णता दिँदै समाजका अग्रज व्यक्तित्व तथा जननी रेष्टुरेन्टकी प्रोप्राईटर लिजा सापकोटालाई आधिकारिक रुपमा सल्लाहकारमा चयन गरिएको छ ।
बैठकले समाजको विधानको बारेमा छलफल गरी यसलाई छिट्टै पूर्णता दिने भएको छ । आगामी May महिनाको १ तारिक बृहत् बनभोजको आयोजना गर्ने र सोही अनुसारको तयारी गर्ने, समाजमा नयाँ सदस्यता वितरणमा थप पहल गर्ने र संस्थागत अन्य कार्यक्रम आयोजना गरेर थप चलायमान गर्ने निर्णय गरिएको छ ।
नेपाल र नेपालीलाई चिनाउन विशेष टेवा पुर्याउने उद्धेश्य सहित केही समय अगाडि नेपालबाट लाखे नृत्यको सम्पूर्ण सामाग्री ल्याईसकेको र आगामी कार्यक्रममा “लाखे नाच” प्रस्तुत गरिने समाजको निर्णय रहेको बताएको छ ।






