पाँच -स काेरियाका अध्यक्ष महेन्द्र सापकाेटाद्वारा संघ–संस्था र संरक्षक,सल्लाहकारहरुमा धन्यवाद व्यक्त
सविना कार्की
पाँच -स दक्षिण काेरियाका अध्यक्ष महेन्द्र सापकाेटाले विभिन्न संघ–संस्था र संरक्षक,सल्लाहकारहरु, कार्यसमिति र हाेली महाेत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा साेमबार एक सूचना मार्फत हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ।


अध्यक्ष सापकाेटाकाे धन्यवाद सहितकाे सूचना यस्तो रहेकाे छ।
🙏 हार्दिक आभार 🙏
साहित्य र सङ्गीतको माध्यमबाट विश्वभर आध्यात्मिक जागरण फैलाउने पवित्र उद्देश्यका साथ दक्षिण कोरियामा स्थापित हाम्रो गौरवशाली संस्था पाँच–स दक्षिण कोरियामा चौथो कार्यसमितिदेखि निरन्तर सेवामा समर्पित रहँदै नवौँ कार्यसमितिको नेतृत्व गर्ने अवसर पाउनु मेरा लागि केवल पद नभई जिम्मेवारी, विश्वास र साधनाको निरन्तरता हो। यही समर्पण, एकता र सामूहिक प्रयासको परिणामस्वरूप आनसान होली महोत्सव–२०२६ भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्न सफल भएका छौँ।
संस्थाको स्थापनाकालदेखि निरन्तर मनाउँदै आएको होली पर्व यस वर्ष पाँच–स दक्षिण कोरियाको प्रमुख आयोजना तथा थारु कल्याणकारी सभा दक्षिण कोरिया र मधेशी समाज दक्षिण कोरियाको सह–आयोजनामा सफलतापूर्वक सम्पन्न गर्न सकेका छौँ। कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष चूडामणि भण्डारीज्यूको कुशल संयोजन तथा संरक्षक विष्णु थापाज्यूको समन्वय सास्कृतिक संयोजक दामोदर भुषाल ज्युको कलाकार ब्यस्थापनले औपचारिक अनौपचारिक दुबै कार्यक्रम उत्कृष्ट ढंगले सम्पन्न गर्न सकिएकोमा गर्व महसुस गर्दछु।
विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुहुने सम्पूर्ण उपसमितिका संयोजक सदस्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूको समर्पण, अनुशासन र टिम–स्पिरिटकै कारण हामीले यो सफलता हासिल गर्न सकेका हौँ।
संस्थाका आजीवन संरक्षकज्यू, संरक्षकज्यू, प्रमुख सल्लाहकारज्यू, सल्लाहकारज्यू तथा सम्पूर्ण कार्यसमिति परिवार हाम्रो बलियो आधारस्तम्भ हुनुहुन्छ। यहाँहरूको मार्गदर्शन, साथ र विश्वासबिना यो यात्रा सम्भव हुने थिएन।
यस ऐतिहासिक कार्यक्रमलाई प्रचार–प्रसार गरिदिनुहुने सञ्चारकर्मी मित्रहरू, विभिन्न मिडिया, प्रायोजक तथा स्पोन्सर महानुभावहरू, निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुहुने विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यू तथा सम्पूर्ण पाहुनागणप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
हाम्रो मौलिक कला, संस्कृति र आध्यात्मिक अभियानलाई आत्मसात गर्दै अभिभावकीय साथ प्रदान गर्नुहुने दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदूतज्यूप्रति विशेष नमन तथा कृतज्ञता व्यक्त गर्दछु। साथै कार्यक्रमस्थल उपलब्ध गराई सहयोग पुर्याउनुहुने आनसान माइग्रेन्ट सेन्टरका प्रतिनिधिज्यूहरू तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
अन्त्यमा,कार्यक्रमलाई सफल र सौहार्दपूर्ण बनाउन प्रयासरत रहँदा मबाट कुनै त्रुटि भएको भए हृदयदेखि नै क्षमायाचना गर्दछु। आगामी दिनहरूमा अझ परिष्कृत, अनुशासित र स्तरिय कार्यक्रममार्फत संस्थाको गरिमा अझ उचो राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।
पुनः एकपटक सम्पूर्णमा हार्दिक आभार।
धन्यवाद। नमस्कार।
हरि ॐ।










