सविना कार्की
दक्षिण काेरिया- पाँच स,मधेसी समाज र थारु कल्याणकारी दक्षिण काेरियाकाे आन्सानमा आयोजीत हाेली महाेत्सव भव्य रुपमा सम्पन्न भएको छ।
पाँच स दक्षिण काेरियाकाे मुख्य आयाेजक र मधेसी समाज दक्षिण काेरिया,थारु कल्याणकारी सभा दक्षिण काेरियाकाे सह आयाेजक रहेकाे कार्यक्रम हाेली महाेत्सव २०२६ आइतबार राजदूत शिवमाया तुम्बाहाङ्फेकाे मुख्य उपस्थिति र विभिन्न संघ सस्था र नेपाली समुदायको बाक्लो उपस्थितिमा आन्सानमा भव्य रुपमा सम्पन्न भएको हाे।

आन्सानमा फागु पूर्णिमाको अवसर पारेर आयोजित उक्त “होली महोत्सव-२०२६ (안산 색복 축제–2026)” भव्य रूपमा सम्पन्न भएको र नेपालमै जस्तो अनुभव गरि आन्नद लिदै हाेलि पर्व मनाउन पाएको भन्दै उपस्थित नेपालीहरुले खुसि व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमकाे मुख्य आयाेजना भने सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) दक्षिण कोरियाको रहेकाे थियोे ।

नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे संस्थाका अध्यक्ष महेन्द्र सापकाेटाले बताउनु भयाे । साथै आयोजक र सहआयाेजककाे तर्फबाट पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था र नेपाली समुदाय,नेपाली नागरिक हरु प्रति प्रायोजक स्थानीय कलाकार तथा सम्पूर्ण सहभागीहरुमा अध्यक्ष सापकाेले हार्दिक आभार व्यक्त गर्नुभएको छ।
आन्सान माइग्रेन्ट सेन्टर अगाडिको पार्कमा सम्पन्न कार्यक्रममा कोरियावासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णले रङसँग खेल्दै रमाएका थिए। स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, नृत्यहरुले र थारु समुदायको प्रस्तुतिले विशेषगरी कार्यक्रमकाे साेभा बढाएकाे थियोे ।

कार्यक्रमकाे मुख्य प्रायोजक CoinShot Remittance लगायत विभिन्न संघसंस्थाकाे रहेकाे थियोे । त्यसैगरी
मिडियाहरुमा हाम्रोकान्तिपुर,न्यूज केन्द्रबिन्दु विशाल आवाज,आइएमई मिडिया,काेरिया अपडेट लगायतकाे पाटनर रहेकाे थियोे ।







