सिन्धुपाल्चोक बाह्रबिसे कर्थली( मनिसा कार्की –
फागुन १२ गते-नेकपा एमालेबाट सिन्धुपाल्चोक १ का लागि उम्मेदवार सरेस नेपाल र एमाले नेतृ सुशीला पाख्रिनको टोली घरदैलो कार्यक्रमका लागि सिन्धुपाल्चोक कर्थलीमा पुग्नु भएको छ।
चुनाव प्रचारप्रसारको अग्र पङ्तिमा रहनुभएका नेतृ पाख्रिनको टाली आज भने बाह्रबिसे नगरपालिका २ कर्थली पुग्नुभएको हो ।
नेकपा एमालेका उक्त टोलीलाई कर्थलीमा तामाङ समुदायले सगुन राखेर भव्य स्वागत गरेको छ ।
सगुन सहित स्वागतका लागि गनेश घिसिङ र जीत बहादुरको सक्रियता रहेको पनि बुझिएको छ।








