जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न उनेपा स्थापना भएकोउज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताए। उनले आफु नेतृत्वको उनेपा नै सबैभन्दा नयाँ र उर्जाशील पार्टी भएको दाबी गरेका छन् ।
आइतबार पार्टीले रुपन्देहीको भैरहवामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दे अध्यक्ष घिसिङले टेस्टेड पार्टीहरु नयाँ नभएको बताए । उनले नेपाल विद्युत प्राधिकरणमा आएपछि देशभरी लोडसेडिङको अन्त्य गरेको उनले बताए । अब समग्र क्षेत्रको अध्यारोलाई हटाएर सबै क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर गरीब परिवारको अनुहारमा उज्यालो ल्याउन पार्टी अगाडि आएको उनले बताए।
पूर्वमन्त्री समेत रहेका घिसिङले मिटरब्याजी, लघुवित्त, सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरुको समस्या समाधान गर्नका लागि आयोग गठन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने आफूहरुको एजेण्डा रहेको उनलृ बताए ।
त्यस्तै, पार्टीका केन्द्रीय सदस्य किरण विकले उज्यालो नेपाल पार्टीले सबैभन्दा योग्य उम्मेदवार जनतासमक्ष पठाएको बताए । जेनजी आन्दोलनको म्याण्डेट, मर्मलाई स्वीकार्ने सबैभन्दा पहिलो नेता कुलमान घिसिङ भएको उनले दाबी गरे । पार्टीकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सरोज सिंह चौधरी राजनीतिक स्थायित्व र देशलाई निकास दिनका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको बताए ।





