नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्रीका मित्रबन्धु काफ्ले नेपाल प्रस्थान हुनुभएको छ।
काफ्लेलाई सभापति भजिन्द्र क्षेत्री, उपसभापति जितेन्द्र महत,पूर्व उपसभापति लक्ष्मण दाहाल लगायतको टोलिले भव्य सम्मान सहित शनिबार एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो।
उहाँले आफ्नो कोरिया बसाईका क्रममा संगठन सुदृढीकरण, प्रवासी नेपालीहरूको पक्षमा गरेका काम, संगठनको विचार र सिद्धान्तलाई मजबुत बनाउन महत्वपूर्ण योगदान लगायतका अतुलनीय कामको प्रशंसा उपसभापति जितेन्द्र महतले गर्नुभयो
काफ्लेको सक्रियता, सरलता, बौद्धिकता र समन्वयकारी भूमिकाले संगठनलाई प्रभावकारी बनाएको पनि कार्यसमितिको ठहर छ।






