वृद्धमाथि सार्वजनिक स्थलमा हातपात गर्ने व्यक्ति पारस बम पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका- ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् ।
बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि कुटपिट गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएकाे थियाे । साेही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएकाे ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले बताए ।
सडकमा बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर ती वृद्धलाई कुटपिट गरेका थिए । वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुलेकाे छैन।






