कोरियाको भाषा र सीप परिक्षा पास गरी बसेका नेपालीले रोस्टरको समय बढाउनुपर्ने माग गर्दै नियमित आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनका कारण दक्षिण कोरियाले नेपालमा रहेका रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत श्रमिक पठाउन सहजीकरण गर्ने मानव संशाधन विभाग (एचआरडी) का कर्मचारीहरु असुरक्षित भएमा फिर्ता बाेलाउन सक्ने बताएको छ ।
यदि कर्मचारी फिर्ता बाेलाएमा पुनः नेपाल पठाउन नसकिने भन्दै नेपाल सरकारकाे ध्यानाकर्षण गराएको छ। कोरियाको श्रम तथा रोजगार मन्त्रालयको मानव संशाधन हेर्ने विभागीय प्रमुखको नेतृत्वमा गएको टोलीले नेपाली दूतावासका अधिकारीलाई शुक्रबार ‘आपत्कालीन भेट’ गरी उक्त जानकारी दिएको बताइएको छ ।
कोरियाको भाषा र सीप परिक्षा पास गरी बसेका नेपालीले रोस्टरको समय बढाउनुपर्ने माग गर्दै नियमित आन्दोलन गरिरहेको छ उक्त कारण कोरियाले यस्तो चेतावनी दिएको हो । भाषा परीक्षा उत्तीर्ण गरेकाहरू नेपाली हरुको आन्दोलनबाट आफ्ना कर्मचारीमा सुरक्षाकाे चुनौती थपिएकाे काेरियाले बुझेकाे छ। कोरियाले भाषा परीक्षा पास गरेका विद्यार्थीको रोस्टरको समय दुई वर्ष मात्रै दिएको छ । दुई वर्षभित्र रोजगारदाताको छनोट नपरेमा पुनः भाषा परीक्षा दिनुपर्नेछ ।





