अहिले दक्षिण कोरिया संघसंस्था हरु एक आपसमा टुक्राटुक्रा हुने लहर चलेको छ । संघसंस्था टुक्रिनु र टुक्र्याउनु फेसन जस्तै भएको यो लहरले सुदूर पश्चिम समाजलाई पनि रोक्न सकेन अन्ततः १९ औं अधिवेशन गरेको उक्त समाजले एक साता पछि दिपेन्द्र रोकाया र ओम बहादुर साउद गरि दुईवटा अध्यक्ष सहितको कार्य समिति घोषणा गर्यो ।
अधिवेशन अगाडि एक रहेको यो संस्था वर्तमान अवस्थामा भने दुईवटा भएको छ । यी दुई अध्यक्षले आ( आफू नै आधिकारिक भएको बताउँछन् तर वास्तविकतामा दुई टुक्रा बनेको यो संस्था अब एक हुन सक्छ त रु कोरियामा रहेका आम नेपाली जनताको मुख्य चासो बनिरहेको छ ।
यी दुई अध्यक्षले तत्काल एक आपसमा सहमति गरेर एकता गर्न सके भने शक्तिशाली सुदूरपश्चिम समाज दक्षिण कोरिया बन्नेछ र अन्य टुक्रिन लागेका संघ संस्थाहरुको गतिलो उदाहरणको रुपमा सुदूरपश्चिम समाज दक्षिण कोरिया उदाउनेछ । सविना कार्की







