सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारणसभा पश्चात हिजाे बिहिबार दीपेन्द्र बहादुर रोकायाकाे टिमबाट नयाँ कार्यसमिति बनेकाे छ । उक्त कार्यसमितिको अध्यक्षमा दिपेन्द्र बहादुर राेकाया चयन भएका छन्।
१९औँ साधारण सभाबाट गठित कार्यसमितिमा डम्बर न्यौपाने वरिष्ठ उपाध्यक्ष, कमल बिष्ट, नवराज तिमिल्सेना र दिपु रावल उपाध्यक्ष रहेका छन्। महासचिवमा सुरेन गिरी, सचिवमा गणेश राज जोशी र ललित लोथ्याल तथा महिला सचिवमा रुक्मा बम चयन भएका छन्। कोषाध्यक्षमा टेक बहादुर थापा (भोटे) र सह–कोषाध्यक्षमा पुस्कर नायक चयन भएका छन्।
यस्तै, जिल्ला संयोजकहरूमा दार्चुलाबाट बिडी भट्ट, बाजुराबाट ओम प्रकाश पाण्डे, बझाङबाट दशरथ कुवर, कैलालीबाट गौरव रावल, कञ्चनपुरबाट राजाराम जोशी, डोटीबाट रमेश भण्डारी, डडेलधुराबाट सन्तोष भट्ट, अछामबाट नरेश न्यौपाने र बैतडीबाट आदित्य भण्डारी रहेका छन्।
कार्यसमितिका सदस्यहरूमा कृष्ण भण्डारी, झलक विष्ट, ईन्द्र राज गिरी, शंकर भट्ट, सुन्दर सिंह साउद, लाल बहादुर बडाल, राज न्यौपाने, रमेश सिंह र महेश बोहरा रहेका छन्। नवनिर्वाचित कार्यसमितिले संस्थालाई मजबुत पारेर लैजाने अध्यक्ष राेकायाले बताएका छन् ।







