सउल, दक्षिण कोरिया, दूरपश्चिम समाज दक्षिण कोरियाको १९ औँ साधारण सभाबाट ओम बहादुर साउदको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न साधारण सभाले समाजको आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष ओम बहादुर साउदले प्रवासमा रहेका दूरपश्चिमेली नेपालीहरूको एकता, हकहित र आपसी सहकार्यलाई प्राथमिकतामा राख्दै समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोगका क्षेत्रमा समाजले सशक्त भूमिका खेल्ने बताउनुभयो।
१९ औँ साधारण सभाबाट चयन भएको नयाँ कार्यसमिति निम्नानुसार रहेको छः
पदाधिकारीहरू
१. अध्यक्ष – ओम बहादुर साउद
२. वरिष्ठ उपाध्यक्ष – टंकेश्वर खडका
३. उपाध्यक्ष – कमल बिष्ट
४. उपाध्यक्ष – लक्ष्मण साउद
५. महासचिव – भोज चन्द
६. सचिव (महिलातर्फ) – सन्ध्या दुलाल शर्मा
७. सचिव – गणेशराज जोशी
८. सचिव – ललित लोथ्याल
९. कोषाध्यक्ष – टेकबहादुर थापा (भोटे)
१०. सह–कोषाध्यक्ष – रविन नाथ
जिल्ला संयोजकहरू
११. योगेन्द्र बम – बाजुरा
१२. डि.बी. भट्ट – दार्चुला
१३. सुशील साउद – अछाम
१४. गौरव रावल – कैलाली
१५. हर्क बहादुर मल्ल – डडेलधुरा
१६. रमेश भण्डारी – डोटी
१७. (बझाङ)
१८. कैलाश जोशी – बैतडी
१९. नवीन भट्ट – कञ्चनपुर
सदस्यहरू
२०. योगेश बोहरा
२१. महेश बोहरा
२२. लक्ष्मण साउद
२३. रमेश अधिकारी हुनुहुन्छ ।
विधान संशोधनको तयारी – समाजको आकार बढ्दै गएको र नेतृत्वका लागि योग्य आकांक्षीहरूको संख्या धेरै भएकाले भविष्यमा साधारण सभाबाट कार्यसमिति चयन गर्दा हुने जटिलता र ढिलाइ हटाउन संस्थाको विधान एवं निर्वाचन नियमावली संशोधन गर्ने निर्णय समेत गरिएको छ।
प्रमुख संरक्षक डा. कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संस्थालाई विभिन्न कालखण्डमा योगदान पुर्याउने सल्लाहकार, निवर्तमान पदाधिकारी र सदस्यहरूलाई धन्यवाद दिइएको छ। साथै, नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिलाई पनि आभार व्यक्त गर्दै सम्पूर्ण सदस्यहरूलाई संस्थाको हितमा एकजुट हुन अनुरोध गरिएको छ।







