नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जबाफ दिएका छन्।
ओलीले आइतबार बिहान सार्वजनिक बहसको आह्वान गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए।स्ट्याटसमा कमेन्ट गर्दै बालेनले बहसमा सहभागी नहुने बताएका हुन्।







