
लम्जुङ, कोरोना संक्रमितको संख्या बढेसँगै लमजुङमा १०० वटा आइसोलेशन बेड थपिएको छ ।
एक सय शैयासहित जिल्लामा निर्माण भएका तीनवटा आइसोलेशन कक्षका सबै शैया भरिएका र दिनहुँ कोरोना संक्रमितहरु थपिन थालेपछि १ सय वटा बेड थप गरिएको हो । यो सँगै अब लम्जुङमा २०० वटा बेड पुगको छ ।
हालसम्म लमजुङमा कोरोना संक्रमितहरुको सँख्या दुई सय ४० पुगेको छ । कुल संक्रमितमध्ये एक सय १३ जना संक्रमण मुक्त भएपनि हाल एक सय २७ जना आइसोलेशनमा राखिएका छन् ।
निर्माण गरिएका आइसोलेशन बेड भन्दा संक्रमितको सँख्या धेरै भएकोले व्यवस्थापनमा चुनौति थपिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन ।






