
विराटनगर, जिल्ला प्रहरी कार्यलय सुनसरीमा कार्यरत सप्तरीको बलान घर भएका विजयकुमार मण्डल मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए भने उनको उपचारका क्रममा मृत्यु भएको छ ।
कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान ४ बजेतिर उनले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताएका छन । उनका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो।






