
भक्तपुर, कोभिड-१९ को त्रासले स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनसमेत मानिस हिच्किचाइरहेका बेला भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले भने तीजलाई लक्ष्य गरी महिलाका लागि हरियो चुरा प्याकेज सार्वजनिक गरेको छ । महिलाको स्वास्थ्योपचारलाई लक्ष्य गरी निःशुल्क एवं ५० प्रतिशत छुटमा स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य सेवा दिने गरी प्याकेज ल्याइएको अस्पतालका निर्देशक जीवन मारिखुले जानकारी दिएका छन ।
अस्पतालले सञ्चालन गरेको गाइनो क्याम्पमा सहभागी महिलाका लागि ३६५ दिन निःशुल्क स्त्रीरोग विशेषज्ञ जाँच, अन्य महिलाका लागि यसमा ५० प्रतिशत छुट, भिडियो एक्सरेमा ५० प्रतिशत छुट र अन्य सेवामा १० प्रतिशत छुट प्याकेज सार्वजनिक गरिएको हो ।





