
काठमाडौं, गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परीक्षण गर्दा तनहुँको भानु नगरपालिका-२ र ४ का दुई जना, कास्कीको पोखरा महानगरपालिका-५ र ८ दुई जना, बागलुङको बागलुङ नगरपालिका-३ का एक जना, बडिगाड-६ का एक जना, गोरखाको गोरखा नगरपालिकाका एक जना, स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ का एक जना र नवलपरासीको बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका-८ का एक जनामा कोरोना पुष्टि भएको हो।





