
काठमाडौं, शुक्रबार राति धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश नम्बर एक, वाग्मती प्रदेश ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ।
शनिबार (भोलि) पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । नियमित वर्षासँगै प्राकृतिक विपत्तिका घटना पनि भइरहेको हुँदा सतर्क रहन पनि मौसमविद्ले आग्रह गरेका छन् ।





