
काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्राधिकरणका एक इन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनका सम्पर्कमा रहेका
कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिपोर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन ।






