
काठमाडौं, विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।
उनलाई उपचारका लागि मंगलबार विराटनगर पुर्याइएको थियो । कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गर्दा बिहीबार साँझ रिपार्ट पोजेटिभ आएको थियो ।
कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौलाले जानकारी दिएका छन। मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो ।





