
काठमाडौं, नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको आदेशले पुनः एकपटक संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गरेपछि प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षामा महत्वपूर्ण योगदान पुगेको बताएका हुन् ।
उनले भने, ‘सर्वोच्च अदालतको आजको आदेशले संविधान र लोकतन्त्रको रक्षामा महत्वपूर्ण योगदान पुगेको छ । प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी, नागरिक आन्दोलनकर्मी र आम जनसमुदायलाई बधाई दिन चाहन्छौं ।’







