
हेटौंडा, हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । अस्पतालको कोभिड इन्चार्ज डा. सागर काफ्लेका अनुसार गत २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक पुरुष र एक महिलाको मृत्यु भएको हो
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजे मृत्यु भएको हो भने थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बज मृत्यु भएको उनले बताए ।
केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि आइसियू कक्षमा राखेर उपचार भइरहेको थियो ।
योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३४ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।







