
धनगढी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गत वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले संक्रमण भएको पुष्टि गर्दै हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको कुँवरले बताए ।






