
काठमाडौं, अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले अगाडि भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’
हाल उनी घरमै आइसोलेसनमा बसेको जानकारी दिएकी बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गरेकी छन् । यस्तै बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझावसमेत दिएकी छन् ।







