
चितवन, चितवनमा पोखराका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय पुरुष छन् ।
मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा बिहिवार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज मृत्यु भएको हो ।







