
काठमाडौं, कोरोना संक्रमणबाट धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ ।
धनकुटा जिल्लाकी ७७ बर्षिया महिलाको उपचारको क्रममा आज विहान मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ । उनलाई गत पुस १६ गते कोरोना पुष्टि भएको थियो ।
उच्च रक्त चापको विरामी भएकी उनलाई सासर्फेन समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको सख्यां ४ सय ६४ पुगेको छ ।







