
सर्लाही, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाको दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताले कालो झन्डा देखाएका छन् । कालो झन्डा देखाउन राजमार्गस्थित नवलपुरमा जिल्ला अध्यक्ष रेवती पन्तले नेतृत्व गरेका थिए ।
सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार अपराह्न अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आउने क्रममा मन्त्री पोखरेललाई जिल्लाकै दुई स्थान नवलपुर र मलंगवामा कालो झन्डा देखाइएको हो ।
कालोझन्डा देखाउँदै दाहाल–नेपाल समूहका कार्यकर्ताले असंवैधानिक कदमको मतियार बनेको भन्दै पोखरेलविरुद्ध नारा समेत गरेका थिए ।







