
काठमाडौं, भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ । पर्सा वीरगन्ज महानगरपालिका–६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट प्रहरीले प्याज बरामद गरेको हो ।
पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ । उक्त प्याज त्यहाँबाट व्यापारी बलिरामजी प्रसाद कलवारले ल्याएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीको विशेष टोलीले भण्डारण गरिराखिएको प्याज बरामद गरेको प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन् । बरामद प्याज आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको उनले बताइन् ।







