
ललितपुर, ललितपुरको ग्वार्को पेट्रोल पम्पमा आइतबार साँझ आगलागी भएको छ । ललितपुर प्रहरीका अनुसार त्यहाँको एउटा पेट्रोल पम्पमा आगलागी भएको हो ।
आगो के कारणले लागेको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । आगलागी हुने बित्तिकै प्रहरीको टोली घटनास्थल पुगेको र आगो निभाउने प्रयास बताइएको छ । बिस्तृत जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया







