
झापा, कोरोना संक्रमणबाट झापामा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापास्थित बिर्तामोड–८ की ४५ वर्षीया महिला रहेकी छन् ।
उनको आज विहानमा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सह–प्रवक्ता डा. चुरामणी पोखरलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
मृतक महिला पहिलेदेखि नै मुटुरोगी थिइन् । उनको शव शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।







