
जनकपुर, प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ ।
मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो ।
पेज ह्याक भएको विषयमा अनुसन्धान भैरहेको उनको सचिवालयले जनाएको छ । ह्याकरले पेजमा मुख्यमन्त्रीको फोटो हटाएर युवतीको फोटो राखेका छन ।







