
काठमाडौं, चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए ।
पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।







