
उदयपुर, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
शुक्रबार बेलुकी ४ बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भई भुइँमा ढेलकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताएका छन् ।






