
राजविराज, सप्तरीमा प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित थप पाँच कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताएका छन् ।
उनका अनुसार राजविराज नगरपालिकाका–३ र सुरुङ्गा नगरपालिका एक जनामा सङ्क्रमण देखिएको हो । यससँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३६२ जना पुगेको छ । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।






