
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।
उनी असोज १८ गते अस्पताल भर्ना भएका थिए । त्यस्तै सप्तरीमा कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्ध रहेका छन् ।






