
बाँकेमा कोरोना सङ्क्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ । मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी बताएका छन् ।
उनका अनुसार, स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते बिहान १० बजे भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।






