
विराटनगर, कोरोना सङ्क्रमणबाट विराटनगरको कोशी अस्पतालमा थप एक पुरुषको मृत्यु भएको छ । झापाको कनकाई ९ का ४७ वर्षिय पुरुषको मृत्यु भएको हो ।
भदौ ८ गते कोरोना पुष्टि भएपछि उनी मेची अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई थप उपचारका लागि विराटनगर ल्याउने वितिक्कै उनको मृत्यु भएको हो ।
प्रतिक्रिया






