
बाग्लुङ, बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भिमापोखरामा पहिरोले पुरेर एक बृद्धको मृत्यु भएको छ ।
पहिरोले गोठ बगाउँदा भैंसीलाई घाँसपात गर्न गएका ६० बर्षीय टेकबहादुर खातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताएका छन् ।
पहिरोमा परी वेपत्ता भएका खातीको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहको सक्रियतामा खोजी गर्दा बिहिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।






