
पाल्पा, अविरल बर्षापछि रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा आएको पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे छ ।
बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन् । बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।






