April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न नेपाललाई विश्व बैंकको साढे २३ अर्ब ऋण सहयोग

काठमाडौं, विश्व बैंकले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न वित्तीय सुधार कार्यक्रमका लागि नेपाललाई साढे २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

सरकारले अघि सारेका योजनाहरु कार्यान्वयन गर्न विश्व बैंकले २०० मिलियन डलर ९२३ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण सहयोग हालै स्वीकृत गरेको हो । नेपालको वित्तीय अवस्थालाई सन्तुलित र पहुँचयोग्य बनाउन तथा कोरोना महामारी रोकथाम एवं नियन्त्रणसँगै पुनस्र्थापना कार्यक्रमका लागि सहयोग पुर्‍याउने उद्देश्ले ‘विकासका लागि वित्त’ ९ फाइनान्स फर ग्रोथ० शीर्षकमा उक्त ऋण स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।

‘महामारीबाट नागरिकको ज्यान जोगाउनु, त्यससँगै आर्थिक पुनस्र्थापनाका योजना कार्यान्वयन गर्नु पनि अहिलेको अवस्थामा उत्तिकै महत्वपूर्ण छ,’ विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले भने, ‘यो परियोजनाले नेपालको वित्तीय क्षेत्र, पुँजीबजार र बिमालगायत क्षेत्रमा सन्तुलन कायम राख्न, कोरोना महामारीपछिको आर्थिक पुनर्स्थापनाका लागि सहयोग पुर्‍याउनेछ ।’

शीर्ष समाचार

धेरै पढिएको