November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

बानेश्वरमा दुई अर्बको लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना

काठमाडौं, काठमाडौंको बानेश्वरमा राष्ट्रिय खाद्य बैंकको कार्यलय स्थापना भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको आज नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो ।

बैंकका अध्यक्ष शङ्करनाथ उप्रेतीका अनुसार कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको हो । अनुसार रु दुई अर्ब लगानीमा बैंक स्थापना गरिएको उनले बताए हो ।

उक्त बैंकमा हालसम्म ५९० प्रमोटर शेयर सदस्य छन् । उक्त सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भइरहेको छ । आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

उनले भने, “हामीले कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ । किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँछौँ ।”

शीर्ष समाचार

धेरै पढिएको