June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

राष्ट्र बैंकका कर्मचारीहरुले अब शनिबार बाहेक ३१ दिन सार्वजनिक विदा पाउने

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीहरुको लागि सार्वजनिक विदाको सुची जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंकका कर्मचारीहरुका लागि शनिबार बाहेक ३१ दिन सार्वजनिक विदाको सुची जारी गरेको हो ।

सुची अनुसार अबदेखि बैंकका कर्मचारीले नयाँ वर्षको पनि विदा पाउने भएको छन् । बैंकका कर्मचारीहरुले ५ दिन दशै विदा र ४ दिन तिहारको विदा पाउने भएका छन् ।

बैकको कर्मचारीहरुले मछिन्द्रनाथको भोटोजात्रा, गाई जात्रा, घोडे जात्रा, इन्द्र जात्रामा पनि विदा पाउने भएका छन् । अन्य धर्म तथा समुदायका चाडपर्वहरुमा पनि १० दिनको विदा पाउने भएका छन् ।

त्यस्तै, गर्मी महिनाको हकमा बैंकहरु आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार १० देखि साँढे बजेसम्म खुला रहने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको