July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ संचालनमा

काठमाडौं, नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ संचालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै बैंकले युएडी डलर नबिल आइकार्ड ल्याएको हो ।

बैंकका अनुसार नबिल बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकर्मश साइट मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन ।

बैंकले सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । यस कार्डबाट ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्ने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको