‘बैंक अफ दि इयर २०२०’ को उपाधि एनएमबी बैंकलाई

काठमाडौं, एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । पछिल्लो चार वर्षमा बैंकले सो उपाधि पाएको यो तेस्रो पटक हो ।
बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । बैंकको कूल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ ।
एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोवारलाई समेत प्रश्रय दिएको छ ।
कोभिड-१९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवं डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पुर्याएको र सफलतामा योगदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तरराष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्