February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

आज नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट ५० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

  • 1
    Share

काठमाडौं, नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने भएको छ । आज केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको हो ।

सो बैंकले सार्वजनिक गरेको सूचना अनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

शीर्ष समाचार

धेरै पढिएको