
काठमाडौं, नेपाली बजारमा सुनको मुल्यमा दिनहुुँजसो नै उतारचढाव भइरहेको छ । यसै क्रममा आज पनि तोलामा ४०० वृद्धि भएको छ । आज छापावाला सुन तोलाको ९६ हजार ९ सय र तेजाबी सुनमा पनि ४०० वृद्धि भएर तोलाको ९६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासङ्घका अनुसार आजका लागि चाँदीको मुल्य प्रतितोला १ हजार ३२० रुपैयाँ कायम रहेको छ । चाँदी हिजोको तुलनामा आज १० रुपैयाँँ महँगिएको हो ।







